• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

सडक पेटिमा बस्नेहरुको भोक मेटाउने मनकारी युवाहरु…

by पहिलो नेपाल
१२ भाद्र २०७७, शुक्रबार २१:३४
सडक पेटिमा बस्नेहरुको भोक मेटाउने मनकारी युवाहरु…

भदौ १२, विराटनगर –
कोरोना भाइरस समुदाय स्तरमा फैलिएपछी देशका अधिकांश जिल्ला, शहर वा स्थानीय तहहरूमा अहिले लकडाउन वा निषेधाज्ञा जारी गरिएको छ । यस्तै मोरङका पनि अधिकांश स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाका कारण धेरै मजदुरहरुको रोजगारी गुमेको छ। अझ दिनभर काम गरेर बिहान बेलुकाको छाक टार्ने गरिब मजदुरहरुलाई कति समस्या छ भन्ने हामी सहजै अनुमान लगाउन सकिन्छ।

यस्तैमा विराटनगरमा पनि विगत लामो समयदेखि निषेधाज्ञा जारी गरिएको छ। बजारहरु सबै ठप्प हुँदा दिनभर काम गरेर बेलुकाको छाक टार्ने मजदुरहरु भोकभोकै बस्नुपर्ने अवस्थामा पुगेका थिए। तर विराटनगरका केही मनकारी युवाहरुले ती सडक पेटिमा बसेर सामान्य मजदुरी गर्नेहरुको लामो समयदेखि भोक मेटाउँदै आएका छन् । निषेधाज्ञाका कारण दैनिक ज्यालादारी गरेर खाने, सडकमा बस्ने तथा विपन्न नागरिकलाई खाना खान नै नसक्ने अबस्था भएपछि विराटनगरका युवा अभियन्ता ओसिम आलमको नेतृत्वमा युवाहरुले निशुल्क खाना खुवाउँदै आएका छन् ।


निशुल्क खाना खुवाउने अभियानको नाम दिएर विराटनगरका युवाहरुले अहिले दैनिक २५० जनाभन्दा बढि सडक पेटिमा बस्ने तथा गरिब , विपन्न र मजदुरहरुलाई खाना खुवाउँदै आएका छन्। पहिलो चरणको लकडाउनको बेला पनि यहि युवाहरुको समुहके विराटनगरमा ८० दिनसम्म निरन्तर खाना खुवाएको थियो। दोश्रो चरणको निषेधाज्ञा सुरु भएसँगै विराटनगरका गरिब मजदुरहरु भोकभोकै बस्नुपरेको भन्ने जानकारी आएपछी आफुहरुले पुनः खाना खुवाउने अभियान सुरु गरेको अभियानको नेतृत्व गरिरहेका अभियन्ता ओसिम आलमले बताए । उनले भने, ‘ सबैजना कोरोनासँग डराएर बसिरहने हो भने सडकमा बस्ने यी बेसहाराको बिचल्ली हुन्छ, यिनीहरु भौकै मर्छन् । सडकमा बस्नेहरुको दयनीय अवस्था देखेपछि दिमागमा यस्तै कुरा आयो । केही गर्न नसके पनि यस्तो अवस्थामा उनीहरुको भोक मेट्न मात्रै भए पनि मैले केही गर्नै पर्छ भन्ने लागेर केही सथिहरुलाई सुनाएँ। साथिहरुलाई पनि आफ्नो कुरा राम्रो लागेकाले हामिले यो अभियान सुरु गरेका हौँ।’ पहिलो चरणको लकडाउनका बेला ८० दिनसम्म दैनिक ४ सयको हाराहारीमा निरन्तर खाना खुवाउँदै गर्दा आफ्नो टिमको समर्पण , मिहिनेत र सहयोगि हातहरुले गर्दा नै सम्भव भएको आलमले बताए ।


पहिलो चरणमा ८० दिनसम्म निरन्तर खाना खुवाएपछी बजार र पसल खुल्न थाले। उनीहरू पहिले जसरी जीविका चलाइरहेका थिए, त्यसरी नै चलाउँछन् भनेर हामीले खुवाउन बन्द गर्‍यौं,’ आलमले भने, ‘ तर, कोरोनाका संक्रमित बढ्न थालेपछि महानगरपालिकाले पुन: लकडाउन निर्णय गर्‍यो। केही दिनको लकडाउनले पनि संक्रमित नघटेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछी हामिले यो अभियान पुनः सुरु गरेका हौँ।’

खाना खुवाउने समय बिहान ८ देखि १० र बेलुका ७ देखि ९ बजेसम्म छ। यहि समयमा उनिहरु खाना खानेहरु सामाजिक दुरि सहित सडक पेटिमा लाइन लागेर बसिरहेका हुन्छन् । अभियन्ता युवाहरुले उनिहरुलाई त्यही पुगेर खाना वितरण गर्छन्।


आलमले यो अभियान राजनीतिभन्दा टाढा रहेको बताए। निःशुल्क खाना खुवाउने अभियानमा कुनै ब्यानर-झन्डा बोक्न नपाइने नियम पनि छ।
यो समयमा अभियानका सदस्यलाई हिँडडुल गर्न, सामान जुटाउन प्रहरीले रोकटको गरेको छैन। यसबारे स्थानीय प्रशासनलाई जानकारी दिएकाले समस्या नभएको आलम बताउँछन्। कुनै दिन त जिल्ला प्रहरी प्रमुख, वडा प्रहरी कार्यालयका प्रमुखहरू नै सहभागी भएर खाना बाँड्न सहयोग गरिरहेको आलमले बताए।

सहयोगी दाताबाट जम्मा हुने रकम र सामग्रीले अभियान चलिरहेको छ भने अभियानका सदस्य समेत रहेका पप्पु अन्सारीको सञ्चालनमा रहेको रोयल बिर्यानी हाउसमा बिहान र बेलुका नै खाना तयार पारेर प्याकिङ गर्ने गरिन्छ । बिर्यानी हाउसका सञ्चालक पप्पु अन्सारीले अघिल्लो पटक पनि ८० दिनसम्म अभियान सञ्चानल हुँदासमेत आफ्नो होटल र भान्सा प्रयोग गर्न दिएका थिए । यसबाहेक पहिलो चरणमा दैनिक चार सय जनालाई खाना वितरण गर्नुपर्ने स्थिति रहँदा कृष्ण पार्टी प्यालेसले समेत खाना बनाउन आफूहरुलाई सहयोग गरेको आलमले बताए । अभियानमा आवश्यक पर्ने हरिया सागसब्जीका लागि भने कटहरीस्थित नयाँ बजारका कृषक कोपिन्द्र सिंहले सुरुवाती दिनबाट नै सहयोग गर्दै आइरहेका छन् र पुनः सुरु भएको अभियानमा पनि उनको सहयोगले निरन्तरता पाएको छ । यद्यपि अभियानमा कुनैपनी एनजीओ , आइएनजिओ तथा सरकारी सहयोग नलिएको आलमले बताए ।


निशुल्क खाना खुवाउने अभियान चलाएको यो समुहले पहिलो चरणको लकडाउनका बेला अरु पनि धेरै सहयोग गरेको थियो। यो समुहले विगतमा पुर्वाञ्चल बालसेवा आश्रम, विराटेश्वर वृद्धा आश्रम र अपांगता समूहका १९ घर परिवारलाई विभिन्न चरणमा आवश्यक सहयोग गरेको थियो । त्यस्तै विराटनगरमा विभिन्न स्थानबाट अध्ययनको सिलसिलमा रहेका र लकडाउनबाट प्रभावित बनेका दुई सय विद्यार्थीलाई खाद्यान्न सहयोग गरेको थियो ।

ओसिम आलमले नेतृत्व गरिरहेको अभियानको सुरुवाती चरणमा पेरिस सुवेदी, भुषण पोमु लिम्बू, सन्जु सापकोटा, दिपेन मरिक, पप्पु अन्सारी, भवेश पौडेल, गणेश शाह, चिरञ्जीवी आचार्य, गोपाल देबकोटा र संजय श्रेष्ठ लगायत थिए भने हाल यस अभियानमा कञ्चन शाह, विकास महतो, क्रिस्चल आले मगर, दीपा दर्नाल, कर्ण बोखिम, चिरञ्जीवी आचार्य, विशाल शाह र मञ्जु मण्डल लगायतका युवा समूहहरु सक्रिय छन् ।                   

Facebook Comments

Related Posts

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

१२ भाद्र २०७७, शुक्रबार २१:३४
हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

१२ भाद्र २०७७, शुक्रबार २१:३४

नेपाल टी–२० :पोखरालाई पराजित गर्दै विराटनगरको दोस्रो जित

किन हुँदैछ विराटनगरका अर्जुन साउदको तुलना धोनीसँग ?

समान शिक्षा बनाउन जोड :मुख्यमन्त्री राई

राष्ट्र बैंक अगाडि मोरङका उद्योगी व्यावसायीका धर्ना

नेपाल राष्ट्र बैंक प्रवेशद्वार अगाडि मोरङका उद्योगी व्यावसायीका धर्ना

प्रदेश १ का सांसदले लिए शपथ

विराटनगरलाई दुई रनले पराजित गर्दै लुम्बिनीको दोस्रो जित

विद्यार्थीको साथि विद्यार्थी क्लबद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१२ भाद्र २०७७, शुक्रबार २१:३४
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१२ भाद्र २०७७, शुक्रबार २१:३४
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

१२ भाद्र २०७७, शुक्रबार २१:३४
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

१२ भाद्र २०७७, शुक्रबार २१:३४
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

१२ भाद्र २०७७, शुक्रबार २१:३४
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.