📝डेभिड पौडेल
भदौ १३ –
खै कहाँ बाट सुरुवात गरौँ म मेरो हातका औलाहरु चलाउन। गल्ती खै कसको भनौँ , न त तिमिलाई दोषी ठहर्याउन सक्छु , न त आफुलाई सहि मान्न सक्छु।हाम्रो यति धेरै प्रयास पश्चात् पनि एक हुन नसक्नुको पीडा यो मनबाट अझै हटेको छैन । अझै मनमा आँधि सरि चलिरहेका छन छुट्टिनुको वेदना र पीडा। दोषी त यो समय र परिस्थिति नै भयो जसले हामिलाई हाम्रो प्रेम सम्बन्ध सफल हुन दिएन, हाँसिखुसी सजाएको संसारमा साथ रहेर रमाउन दिएन, एक अर्काबाट टाढा रहन बाध्य बनायो।
हाम्रो सम्बन्धको अन्त्य यस्तो मोडमा आएर भयो हामीलाई बुझिदिने सम्झिदिने हाम्रो इच्छा आकांक्षा खुसी बुझिदिने कोहि भएन । जसको साथको हामिलाई सबैभन्दा बढी आवस्यक थियो त्यो साथ पाउन सकिएन र अन्य सम्बन्ध झै हाम्रो सम्बन्धको पनि अन्त्य पनि दुख पीडा घाउ भावनात्मक चोट सरि नै भयो । मलाई थाहा छ, म भन्दा धेरै तिमी टुटेको छौ । म भन्दा धेरै तिमी रोएको छौ, छुट्टिनुको पिडा म भन्दा धेरै तिमिलाई भएको छ।
हामीले एक अर्कासँग बिताएका हरेक पल मेरा लागि खास छन् । हाम्रो पहिलो भेट बिराटनगर एयरपोर्टमा भएको थियो । जतिबेला तिमी रातो जम्पसुट लगाएर प्लेनको भर्र्याङ् बाट ओर्लिएर म तर्फ पाइला सार्दै अगाडी आएर ‘हाई’ भन्दै मलाई तिम्रो न्यानो अंगालोमा बेस्सरी बाँधेको थियौ, त्यो पल त्यो महसुस अझै पनि याद छ, जुन म जिन्दगीको अन्तिम सास लिँदैगर्दा पनि बिर्सन सक्दिन होला सायद । बेतना सिमसारको त्यो हरियालीमा हात समाउदै हिडेको अझै पनि याद छ । रुखको फेदमा बसेर एकअर्काको हातका औलाहरुको अन्तर पूरा गर्दै गरेका ती मिठामिठा कुराहरु अझै पनि याद छ । पहिलो पटक तिम्रा ती रसिला अनि नरम गुलाबी ओठहरुलाई मेरा ओठहरुले स्पर्श गरेर माया अनि स्नेह महहुस गरेको अझि पनि याद छ । काठमाडौमा हुँदा बिताएका पलहरु, चन्द्रागिरीको यात्रामा एक अर्कालाई अँगालेर एक अर्काको हात समाएर हिडेको केवलकारमा सगै बसेको अझै पनि याद छ । गोदावरी घुम्न जाँदा गोदावरीको बाटोमा अचानक पानी परेर झरिले भिझाएपछि एउटा पुरानो घरको छेउमा ओत लागेर एक अर्काको माया ममता अनि स्नेह भरिएको न्यानो अँगालोमा बाधिएर साउसुती गरेको याद अझै ताजा छ ।
हामिले एक अर्कासँग बिताएका धेरै अमुल्य सुन्दर महिमित पलहरु मेरो जिवनको सबैभन्दा सुन्दर महत्त्वपूर्ण अनि खुशीका पलहरु हुन्, ती मध्ये मेरो जन्म उत्सवमा तिमी काठमाडौ बाट बिराटनगर घरमै आएर दिएको सर्प्राइज अनि हामिले सबै परिवार साथी आफन्तको सामु हाम्रो बेस्ट गीत “पर्फेक्ट बाई एड सिरन ” मा एक अर्काको न्यानो अँगालोमा बाधिएर नाचेको सबैभन्दा सुन्दर हर्षित खुशीपुर्ण महिमित पल हो।
हाम्रो सम्बन्धको यत्तिका समयमा यति धेरै एफेक्सन, अन्डर्स्टान्डिङ, केयर, लभ, शेयरिङ, लोयल्टी, जेन्युन कुराहरु जसले सम्बन्ध बन्धनलाई अझै बलियो बनाउने गर्छन यी कुराहरु हुँदाहुँदै अनि कुनै मनमुटाव नभइ एउटा पर्फेक्ट सम्बन्धको अन्त्य एक अर्काबाट टाढिएर छुट्टिएर भयो । हेर्दाहेर्दै आज हामी छुट्टिएर बसेको पनि १३६ दिन बितिसकेछ । सुनेको थिएँ, सबै सम्बन्धको अन्त्य खुशी साथ हुदैन भनेर तर हाम्रो सम्बन्ध पनि यसरी अन्त्य हुन्छ भनेर न मैले सोचेँ, न त तिमिले नै, न त अरु कसैले । यत्तिका दिनहरुमा तिमी फर्की आउछौ भनी आश गरिरहे तर त्यो हुन सकेन । भन्छन नि आश गरेको र सोचेको सधै हुदैन अनि त्यही सत्य रहेछ । मलाई थाहा छ अब सत्य कुराको सामना गर्ने समय हो कि हामी कहिल्यै एक हुन सक्दैनौ र बाँकी जिन्दगी एक अर्काको यादको साहाराले बिताउनु पर्ने रैछ ।
कतिपय सम्बन्धहरु मनमुटावको कारणले भन्दा पनि बाध्यताले धेरै टुट्ने गर्छन् । अनि त्यो पवित्र सम्बन्ध तोड्न बाध्य समय परिस्थिति त सबै एउटा बहाना अनि खेल मात्र हो त्यो त आफुलाई खराब परिस्थितिको सिकार हुनबाट जोगाउने एउटा चाहना मात्र हो । वैशाख २ गते उनको अन्तिम फोन कलमा उनको आवाज ”हाम्रो कुनै भविस्य छैन, हामी कहिल्यै एक हुन सक्दैनौँ, मलाई माफ गरिदिनुस अब देखि म सँग सम्पर्क नगर्नु र मेरो भाइ बहिनी अनि परिवार सँग कुनै किसिमको प्रश्न नगर्नु होला” यति सुन्नासाथ म निशब्द भएँ। मेरो मन थाम्मिनै सकेन । म माथी आकाश खसे झैँ भयो , मेरो शरीरका अङ्गहरुले काम गर्न छोडे, मेरा दुबै गोडा काम्न थाले , कतिबेला मेरा आँखाबाट आँसुका धारा बहन थाले थाहा नै पाइन ।त्यसपछी कति यौँ दिनसम्म अठोट गरिरहे , लाखौं हजारौं प्रयास गर्न थाले परिस्थिति सम्हाल्न, कति सम्झाउन प्रयास गरे मेरा यी शब्दहरुले , मेरा यी प्रयासहरुले । उनीलाई पागल प्रेमी झै सम्झाउन थाले तर मेरो हजारौं प्रयास गर्दा पनि मैले जित निकाल्न सकिन । मैले हारेँ या उनिले पनि हारिन वा जितिन या उनिको परिवारले जिते तर यहाँ हार एउटा सम्बन्धको भयो , चोखो मायाको भयो, प्रेमिल जोडीको भयो ।
यहाँ हरेक प्रेमीहरुको खुशी, इच्छा , आकांक्षा , भविस्य, सपना सबै त्याग गरिन्छ , लुटिइन्छ अनि त्यसको कारण मातापिता अनि परिवार नै हुन्छन , अनि मातापिताको समाजप्रतिको डर । समाजमा रहेको आफ्नो मान मर्यादा इज्जत प्रतिस्ठा गुम्ने डरले आफ्नो सन्तानको खुशी किन रेटिन्छ ? किन देखिदैन सन्तानको खुशी ? उनिहरुको इच्छा , सपना ? किन रेटिन्छ उनिहरुको खुसी इज्जतको अचानोमा मर्यादाको खुकुरीले ? हो हरेक मातापिताको एउटा मात्रै इच्छा हुन्छ जिवनमा उहाँहरुको सन्तानको खुशी, एउटा सफल भविस्य तर त्यो इच्छा पुरा छोराछोरीको खुशी खोसेर हुने त हैन नि ! के मातापिता आफ्नो मान, मर्यादा, इज्जत, प्रतिस्ठाप्रती यति अन्धो, यति स्वार्थी, यति निर्दयी हुन पुग्छन कि उनिहरुले सन्तानको खुशी र आँसु देख्न नसकुन ? के साच्चै मातापिताको मन यति कठोर पनि हुन पुग्छ र ?त्यो मान, मर्यादा, इज्जत, प्रतिस्ठा र सम्पत्तिको के अर्थ जुन छोराछोरीको खुसी रेटिएर बचाइएको छ ?
म स्नातक तहको अन्तिम बर्षमा थिए । मेरो स्नातक सम्मको अध्ययन पनि सक्किनै लागेको थियो । मैले आफ्नो खुट्टामा उभिन नपाउदै , मेरा यी गोडाका डेगहरु अगाडि सार्न नपाउदै उनिलाई म बाट खोसियो । म बाट टाढा बनाइयो, सधैभरिका लागी । भर्खर त हामिले सपना बुन्न लागेका थियौँ । भर्खर त हाम्रो सानो सुन्दर संसार सजिन मात्र लागेको थियो । भर्खर त हामिले हाम्रो भविस्यको बारेमा केही पाइला चाल्न खोज्दै थियौँ । के गल्ती थियो र हाम्रो यो नाजुक, निर्दोष मनको जसले एक अर्कालाइ अथाह माया गर्यो । मैले उनिलाई र उनको परिवार सामु आफुलाई प्रस्तुत गर्नलाई वस एउटा साधारण जागिर मात्र थिएन । बाँकी मैले आफुबाट दिन सक्ने सबै कुराहरु थिए ‘इज्जत, सम्मान, माया, ममता, स्नेह, विस्वास र एउटा सुनौलो भविस्यको बाचा’ तर एउटा सम्बन्धलाई पवित्र बन्धनमा बाध्नका लागि माया र विस्वास मात्र अपुग हुँदोरहेछ र मेरो जिवनमा पनि यहि भयो र अन्त्य भयो एउटा कलिलो प्रेमको……
“यदि कसैको मातापिता या आफ्नो भावना माथी ठेस पुग्न गए माफी माग्न चाहन्छु । मातापिताको योगदानको मुल्यलाई ठेस पुर्याउनु मेरो कुनै मनसाय छैन ।”