भदौ १३, विराटनगर –
प्रदेश १ मा शनिबार ११२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । नयाँ थपिएकामध्ये मोरङमा ४७, सुनसरीमा २४, झापा र धनकुटामा १९/१९, संखुवासभामा २ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार २१६ पुगेको छ । यस्तै प्रदेश १ मा आज ९ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ५२५ पुगेको छ ।
प्रदेश १ मा आज १ हजार २२० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३४ महिला र ७८ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । सामाजिक विकास मन्त्रालयका अनुसार हाल सम्म ८६ हजार ४२२ जनाको पीसीआर परीक्षण गरिएको छ ।