भदौ १४, केराबारी –
कोरोना भाइरस फैलन नदिन भन्दै सिल गरिएको केराबारी गाउँपालिका काङ्रेस नेतालाई प्रवेशमा रोक लगाउँदा विवाद उत्पन्न भएको छ । गाउँपालिकाले लकडाउन जारी गरेको हुँदा नाका सिल गरिएको छ तर सिल गरेको नाकाबाट काङ्ग्रेस नेता भिम पौडेल जबर्जस्ति छिर्न खोज्दा विवाद उत्पन्न भएको हो।
अहिलेसम्म १ जनामात्र कोरोना भाइरस संक्रमित भेटिएको केराबारी गाउँपालिकामा कोरोना नफैलियोस भनेर बाहिरबाट आउने व्यक्तिलाई रोक लगाईएको छ । केराबारी छिर्ने विभिन्न नाकाहरुमा ढाट लगाएर सिल गरिएको छ। तर काङ्ग्रेस नेता पौडेल अामजुंगी नाकाबाट जबर्जस्ति प्रवेश गर्न खोज्दा स्थानीयहरुले रोक्ने प्रयास गरेका थिए । तर केही स्थानीय काङ्ग्रेस नेताकार्यकर्ता द्धारा नाकामा ड्युटीमा खटिएका स्थानीयहरु व्यक्तिहरुमाथी नेता पाैडेलको गाडि छिर्न नदिएकोमा गालिगलाैज सुरु गरेका थिए ।
नाका निरीक्षणमा पुगेकी उपप्रमुख शान्ती कुमारी लिम्बुले उक्त कुराको विरोध गर्दा उनिमाथी पनि काङ्ग्रेस कार्यकर्ताहरुले गालिगलौज गरेका थिए । क्रसर व्यवसायी समेत रहेका नेता पौडेललाई प्रवेश निशेध गरेको भन्दै काङ्ग्रेस मोरङ जिल्ला समिति सदस्य विर्ख थापाको नेतृत्वको कार्याकर्ताहरुले गाउँपालिका उपप्रमुखमाथी अश्लिल शब्द प्रयोग गर्दै दुर्व्यहार र हुलदंगा समेत गरेको स्थानीय युवाले बताएका छन् । उनिहरुले सिल गरिएको नाकामा तोडफोड समेत गरेका छन् ।
त्यसो त काङ्ग्रेसबाटै निर्वाचित गाउँपालिका अध्यक्षको नेतृत्वमा केराबारीमा लकडाउन गरिएको हो ।