भदौ १४, रंगेली –
रन्जित स्पोर्टिङ क्लब रंगेलीले गरिब मजदुरहरुलाई खाद्यान्न सामाग्री वितरण गरेको छ । रंगेली नगरपालिका वडा नम्बर ७ मा रहेको क्लबले कोरोना भाइरसका कारण करिब ६ महिनाबाट रोजगारी गुमाएका विपन्न तथा मजदुरहरुलाई खाद्य सामाग्री वितरण गरेको हो ।
क्लबले २५ घर धुरीलाई १५ केजि चामल, भुजा, नुन , तेल तथा आलु लगायतका सामाग्री हस्तान्तरण गरेको हो। विगत ६ महिनाबाट पटकपटकको लकडाउन र कोरोना भाइरसले गर्दा सामान्य मजदुरि गरेर दैनिक जिवनयापन गर्ने विपन्न परिवारलाई संस्थाले सहयोग गरेको हो । क्लबका सदस्य मोसिम आलमले केहीदिनपछि पुन २५ घरधुरीलाई खाद्यान्न सामाग्री सहयोग गर्ने बताएका छन् ।
यस्तै क्लबले विगत ६ महिनाबाट प्यारालाइसिसबाट ग्रसित भएका सुनवर्सी नगरपालिकाका जितु किस्कुलाई पनि सहयोग गरेको छ। आर्थिक अवस्था कमजोर भएका कारण उपचार गर्न र खाना खान नै मुस्किल भएका किस्कुलाई क्लबले खाद्यान्न सामाग्री सहयोग गरेको क्लबका सदस्य घनस्याम राउतले बताए ।