भदौ १५ –
विश्वभर कोरोना भाइरस सँक्रमितको सँख्या २ करोड ५३ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा विश्वभर २ लाख २० हजार नयाँ सँक्रमित थपिएपछी सँक्रमितको सँख्या २ करोड ५३ लाख ८४ हजार नाघेको वल्डोमिटर्सको तथ्यांकले देखाएको छ ।
यस्तै, कोरोना भाइरसबाट मृत्यु हुनेको सँख्या ८ लाख ५० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा विश्वभर ४ हजार १८२ जनाको मृत्यु भएपछि विश्वभर मृत्यु हुनेकोे सँख्या ८ लाख ५० हजार ५८८ पुगेको हो ।
साथै कोेरोनालाई जित्नेको सँख्या १ करोड ७७ लाख ६ हजार ६६७ पुगेको छ भने सक्रीय सँक्रमितको सँख्या ६८ लाख २६ हजार ७३८ जना रहेको वल्डोमिटर्सले जनाएको छ । जसमध्ये १ प्रतिशत अर्थात ६१ हजार १०४ जना गम्भिर प्रकृतिका सँक्रमित रहेका छन् ।