भदौ १५ –
नेपालमा सोमबार ८९९ जना कोरोनामा नयाँ संक्रपमत थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै हालसम्म संक्रमित हुनेको संख्या ३९ हजार ४६० पुगेको छ ।
सो अवधिमा ५८८ जना सङ्क्रमणमुक्त देखिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । अहिलेसम्म ५४ प्रतिशत सङ्क्रमितहरू निको भइसकेका छन्। । यस्तै पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ११ हजार १२९ जनाको पिसिआर गरिएको छ । हालसम्म ६ लाख ८२ हजार ३४३ जनाको पिसिआर गरिएको छ । आज देशभर १७ हजार ८२१ सक्रिय संक्रमित छन्।् ।