भदौ १६, विराटनगर –
बिपि कोइराला स्कुल अफ पब्लिक पोलिसि प्रदेश नम्बर १ को संयोजकमा डाक्टर शिवशंकर साहलाई चयन गरिएको छ । केन्द्रिय अध्यक्ष प्रेमराज जोशी द्वारा हस्ताक्षरित पत्रमा प्रदेश १ का साथसाथै अन्य ६ प्रदेशका संयोजक पनि तोकिएको छ ।
जसमा प्रदेश २ मा मो. फिरोज आलम, वाग्मती प्रदेशमा सुदिप बर्तौला, गण्डकी प्रदेशमा नारायण पाण्डे, प्रदेश ५ मा अर्जुन खनाल , कर्णाली प्रदेशमा ललित बस्नेत र सुदुरपश्चिम प्रदेशमा प्रीत बहादुर विष्ट चयन भएको हुन् ।
पत्रमा भनिएको छ, ‘ युवाहरुको क्षमता विकास, खुला समाज, मानव अधिकार र लोकतान्त्रिक मूल्य र मान्यता आदिलाई सामाजिक रुपमा अझ व्यापक बनाउन विभिन्न अभियानहरुले गतिशीलता पाउनेमा विश्वस्त छौँ।’