भदौ १७, विराटनगर –
विराटनगरमा निशुल्क खाना खुवाउँदै आएको समुहद्घारा पुर्वाञ्चल बालसेवा आश्रममा खाद्यन्न सहयोग गरेको छ । युवाहरुको समुहद्घरा विराटनगर १३ मा रहेको आश्रममा चामल, नुुन, तेल, बिस्कुट तथा तरकारी लगायतका खाद्य सामाग्री सहयोग गरेको हो
विराटनगरमा लामो समयदेखी सडक पेटिममा बस्ने गरिब मजदुरहरुलाई निशुल्क खाना खुवाउँदै आएको युवाहरुको समुहद्घारा अभियानका कान्छा अभियान्ता क्रिश्चल आलेमगरको जन्मदिनको अवसर पारेर खाद्यन्न सहयोग गरेको अभियानको नेतृत्व गरिरहेका अभियन्ता ओसिम आलमले जानकारी दिए । साथै आश्रममा बेलुकाको खाना समेत खुवाइएको उनले बताए ।
यो समुहले निशुल्क खाना खुवाउनुको साथै केहीदिनअघि ११ अपांग घरपरिवार समेत खाद्यन्न सहयोग गरेको थियो भने पुर्वाञ्चल बालसेवा आश्रममा अगाडिपनि धेरैपटक खाद्यन्न , तरकारि लगायतका सामाग्री सहयोग गरेको थियो ।