भदौ १८, काठमाडौ –
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २२५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना पुष्टि हुनेमा ३९४ महिला र ८३४जना पुरुष रहेका छन्।
मन्त्रालयका अनुसार हालसम्म ४२ हजार ८७७ संक्रमितको संख्या पुगेको छ । पछिल्लो २४ घण्टामा ९१७ जना डिस्चार्ज भएका छन्।
यस्तै पछिल्लो २४ घन्टामा देशभरका प्रयोगशालामा १३ हजार ४१३ नमुना परीक्षण गरिएको छ ।
Facebook Comments