भदौ १९, काठमाडौ –
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसबाट थप १४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २७१ पुगेको छ।
यस्तै, शुक्रबार देशभर कोरोनाका १ हजार ३५९ जना संक्रमित थपिएका छन्। यो अहिलेसम्मकै बढी हो ।
योसँगै हालसम्म संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ।
साथै पछिल्लो २४ घण्टामा १ हजार ३५४ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन्। योसँगै हालसम्म कोरोनाबाट निको हुनेको संख्या २५ हजार ५६१ पुगेको छ।
पछिल्लो २४ घण्टामा १३ हजार ६३८ जनाको पिसिआर परीक्षण गरिएको छ।