भदौ २१ –
आज र भोलि देशका अधिकांस स्थानमा भारी वर्षाको संभावना रहेको छ । अहिले प्रदेश १, २ र वाग्मती तथा गण्डकी प्रदेशको केही ठाउँमा हल्का वर्षा भइरहेको छ ।
दिउँसो देशभर बदली रही केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राति प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशको एक वा दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको हो ।
अरु ठाउँमा भने हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । भोलि र पर्सिको मौसम पनि यस्तै रहने अनुमान छ ।