भदौ २२, काठमाडौ –
नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसबाट मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोतोनाबाट मृत्यु हुनेको संख्या ३०० पुगेको छ ।
यस्तै पछिल्लो २४ घन्टामा देशभर ९७९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ । मन्त्रालयका अनुसार अहिलेसम्म ३०,६७७ जना निको भएका छन्। पछिल्लो २४ घन्टामा १ हजार ७३६ जना संक्रमित डिस्चार्ज भएका छन् ।
अहिले देशभरि १६ हजार २५९ जनामा सक्रिय सङ्क्रमण छ।
२४ घन्टामा ९ हजार २१८ नमुना परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।