• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

युवाहरूको निशुल्क खाना खुवाउने अभियान १०० दिन नाघ्यो

by पहिलो नेपाल
२६ भाद्र २०७७, शुक्रबार १०:४०
युवाहरूको निशुल्क खाना खुवाउने अभियान १०० दिन नाघ्यो

भदौ २६, विराटनगर –
विराटनगरमा युवाहरुले चलाउँदै आएको निशुल्क खाना खुवाउने अभियान एक सय दिन नाघेको छ । सडक पेटिमा बस्ने गरिब , असहाय तथा मजदुरवर्गहरुलाई खाना खुवाउँदै आएको युवाहरुको समूहले निरन्तर एक सय दिन सम्म अभियान जारी राखेका छन् ।

युवा नेता ओसिम आलमले नेतृत्व गरेको अभियानमा २४ जना सक्रिय रुपमा लागिरहेका छन् । बिगत  एक सय दिनदेखि कोरोनाको त्रासका बाबजुद युवाहरु सडक पेटिमा बस्नेहरुको भोक मेटाउन खटिरहेका छन् ।

गएको वर्ष चैत्र ११ गतेबाट कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले देशव्यापी लकडाउनको घोषणा गर्यो । लकडाउनका कारण दैनिकी मजदुर गरेर बिहान बेलुका छाक टार्ने तथा सडक पेटिमा बसेर मागेर खानेहरु भोकभोकै बस्नुपर्ने अवस्था आएको थियो । यो थाहा पाएपछि युवा अभियन्ता ओसिम आलमको नेतृत्वमा पप्पु अन्सारी , पेरिस सुवेदी लगायतका युवाहरुको समुहले लकडाउन घोषणाको केही दिनपछि निशुल्क खाना खुवाउने अभियान सुरु गरे । सुरुवाती चरणमा दैनिक ३५० जनाले खाना खाने गरेपनी अभियान चल्दै गरेपछि दैनिक बिहान बेलुका गरेर ४५० भन्दा बढिलाई खाना खुवाउने गरेको अभियानको नेतृत्व गरेका अभियन्ता ओसिम आलमले बताए । ‘सरकारले निरन्तर लकडाउनको अवधि थप्दै गएपछि हामिले हाम्रो समुहलाई अझै एकजुट बनाएर अभियानलाई निरन्तर दिईराख्यौँ’ आलमले भने,’ हाम्रो अभियान निरन्तर चलिरहँदा धेरैले सहयोग गर्नुभयो । कसैले आर्थिक सहयोग त कसैले खाद्यान्न सहयोग गर्नुभयो र हामिलाई अभियान चलाउन सहज भयो।’

निशुल्क खाना खुवाउने अभियानका लागि कटहरीका कृषक कोपिन्द्र शिंहले सुरुवातती केही दिनपछि तरकारीहरु निशुल्क रुपमा सहयोग गरेको आलमले बताए । तरकारी लिन कटहरी तरकारी बारिसम्मै युवाहरु आफै पुगेर ल्याउने गर्थे । यसरी युवाहरु निरन्तर खटेर दैबिक ४५० भन्दा बढिको भोक मेटाउन थालेको सय दिन नाघेको छ ।

निशुल्क रुपमा खाना खान पाउँदा असहाय तथा मजदुरहरु युवा अभियान्ताहरुलाई भगवानको रुपमा लिन्छन् । ‘ सय दिनदेखि हामीले बिहान बेलुकै निशुल्क खाना खाना पाएका छौँ। सामान्य मजदुरी गरेर खाने हामी लकडाउनका कारण सबै बन्द भएपछि एकदुई दिन भोकभोकै बस्यौँ तर उहाँहरु आएर हामिलाई यसरी खाना खुवाउँदै हुनुहुन्छ। हाम्रो लागि उहाँहरु भगवान हुनुहुन्छ।’ एकजना मजदुरले भने ।

युवाहरुको समुह सडक पेटिमै लगेर खाना खुवाउँछन् । खाना खानेहरु सडक पेटिमा लाईन लागेर बस्छन र उनिहरु बसेकै ठाउँमा पुगेर युवाहरुले प्याकिङ गरेर खाना हस्तान्तरण गर्छन् । खाना पकाउन र प्याकिङ गर्न युवा व्यवसायी पप्पु अन्सारीको ट्राफिक चोकमा रहेको रोयल बिर्यानी हाउसमा प्रयोग गरिएको छ। सुरुवाती केही दिन कृष्ण पार्टी प्यालेस पनि प्रयोग गरिएको थियो ।


अभियानका कान्छो अभियन्ता १६ वर्षका कृश्चल आलेमगर देखि उमेरले ५० नाघेका सम्म यो अभियानमा सक्रिय रुपमा लागेका छन्। लकडाउन पछि यो युवाहरुको समूह एउटा परिवार जस्तो बनाएर लागिरहेको अभियानकी अभियन्ता दिपा दर्नालले बताईन। उनका अनुसार यो समूहले यहि लकडाउन अवधीमा पुर्वाञ्चल बालसेवा आश्रममा ६ पटकभन्दा बढी खाद्यान्न सहयोग गरेको छ । त्यस्तै विराटेश्वर वृद्धआश्रम तथा विराटनगरका अपांगहरुलाई पनि पटक पटक खाद्यन्न सहयोग गरेको छ । अभियानमा महिला अभियन्ताहरु दिपा दर्नाल, सन्जु सापकोटा , कन्चन शाह, मन्जु मन्डल लगायत पनि सक्रिय छन् ।

यस्तै यहि समुहले विराटनगरमा कोठाभाडामा बस्ने विद्यार्थीहरुलाई पनी सहयोग गरेको छ । निर्मल भन्डारी, शिव रतन शाह, रुपेश दास , आशिक भट्टराई , अविरल काफ्ले, अमर मण्डल लगायत युवाहरुले कोठाभाडाम बस्ने जो लकडाउनका कारण समस्या परेका थिए त्यस्ता विद्यार्थीहरुलाई खाद्यान्न तरकारी लगायतका सामग्री सहयोग गरेका थिए ।  १६४ भन्दा बढि विद्यार्थीलाई सहयोग गरेको अभियन्ता शिव रतन शाहले बताए ।

यसरी युवाहरुले कोरोना भाइरसको यस्तो बिसम् परिस्थितिमा पनि दिनरात खटेर सामाजिक उत्तरदायित्व  बहन गरेका छन् । सरकारले गर्नुपर्ने काम युवाहरु आफै जागरुक भएर लाग्नु एकदमै उदाहरणीय काम हो । अभियानको नेतृत्व गरिरहेका युवा नेता समेत रहेका ओसिम आलमले सबैको साथ र सहयोग अनि युवाहरुको मिहेनतले अभियान सम्भव भएको बताउँछन् । ‘सबैको सहयोग नभएको भए र हाम्रो टिम यसरी नखटेको भए सडक पेटिमा बस्नेहरु भोकभोकै बस्नुपर्ने अवस्था थियो।’ उनले भने, ‘ हाम्रो अभियानमा सरकारी सहयोग र एनजीओ , आइएनजिओ को सहयोग लिएका छैनौँ। हामिले नितान्त व्यक्तिगत सहयोगबाट अभियान चलाएका छौँ ।

अभियानमा गणेश शाह, चिरञ्जीवी आचार्य, दिपेन मरिक, प्रज्वल अधिकारी , राकेश रोशन यादव , शिव यादव, करण बोखिम, भावेष पौडेल लगायत पनि सक्रिय रुपमा लागिरहेका छन् ।

Facebook Comments

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२६ भाद्र २०७७, शुक्रबार १०:४०
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२६ भाद्र २०७७, शुक्रबार १०:४०

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

बुस्टर डोजका खोप माघमा १५ लाख मात्रा आउने

प्रदूषण बढाएको भन्दै स्थानीयद्वारा लुम्बिनी चिनी मिलमा तालाबन्दी

जाडोमा रक्सी पिउँदा शरीर तात्छ ?

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२६ भाद्र २०७७, शुक्रबार १०:४०
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२६ भाद्र २०७७, शुक्रबार १०:४०
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

२६ भाद्र २०७७, शुक्रबार १०:४०
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

२६ भाद्र २०७७, शुक्रबार १०:४०
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

२६ भाद्र २०७७, शुक्रबार १०:४०
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.