भदौ २६, काठमाडौ –
नेपालमा शुक्रबार थप १ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ हजार ४५४ जनामा थपिएसँगै कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घन्टामा ९७२ जना कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किएका छन् । यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ३६ हजार ६७२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ८ लाख २१ हजार १८६ परीक्षणहरु गरिएका छन् । २४ घन्टामा ११ हजार १६७ पीसीआर परीक्षण गरिएको छ ।
हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ७८ जना रहेका छन् । त्यसैगरी सक्रिय संक्रमित १४ हजार ९२५ रहेको छ ।