भदौ २७, काठमाडौ –
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २०१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै जम्मा संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ ।
पछिल्लो २४ घण्टामा मात्र ८५२ जना डिस्चार्ज भएका छन् । योसँगै ३७ हजार ५२४ जना संक्रमित मुक्त भएका छन् । यस्तै हालसम्म नेपालमा ३३६ जनाको मृत्यु भएको छ ।
यस्तै पछिल्लो २४ घन्टामा देशभरका प्रयोगशालामा १० हजार १७६ नमुना परीक्षण गरिएको छ ।
Facebook Comments