भदौ २७, झुम्का –
सुनसरीको झुम्कामा स्वतन्त्र युवाहरूले सरकारलाई खबरदारी गर्दै सांकेतिक प्रदर्शन गरेका छन् । उनिहरुले विभिन्न विषयहरुप्रती प्लेकार्ड बोकेर सरकारको खबरदारी गरेका हुन् ।
शनिबार इटहरी उपमहानगरपालिका वडा नम्बर १५ मा भेला भएर युवाहरुले सांकेतिक प्रदर्शन गरेका हुन् । राजन चौधरीको नेतृत्वमा गरिब २० जना युवाहरुको समूहले विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा युवाहरुले प्लेकार्ड मार्फत सरकारलाई प्रश्न गर्नुका साथै खबरदारी गरेका थिए ।
सामाजिक दुरि सहित सांकेतिक प्रदर्शन गरेका उनिहरुले ‘ मछिन्द्रनाथको जात्रमा झडप किन भयो सरकार ?, सनातन धर्न मास्न पाइँदैन, कोभिड १९ होइन जनता उपचार नपाएर मर्दैछन सरकार , धर्म र संस्कृति जनताको मात्र होकि सरकारको पनि हो ? , के यो सरकार दलित बिरोधि हो ?” लगायत लेखिएका प्लेकार्ड बोकेर युवाहरुले सरकारलाई प्रश्न सहित खबरदारी गरेका हुन् ।
करिब १ घन्टा सडकमा प्लेकार्ड सहित उभिएर सरकारलाई खबरदारी सहित सांकेतिक रुपमा प्रश्न गरिएको राजन चौधरीले जानकारी दिए ।