• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

राजविराजमा एक घर एक पिसिआर अभियान जारी

by पहिलो नेपाल
२७ भाद्र २०७७, शनिबार २३:४३
राजविराजमा एक घर एक पिसिआर अभियान जारी

भदौ २८, राजविराज –
सहयोद्धा नामक संस्थाले राजविराज नगरपालिकालाई केन्द्रित गरेर सुरु गरेको ” एक घर एक पिसीआर ” अभियानलाई निरन्तरता दिने क्रममा शनिवार राजविराज नगरपालिका वडा नं. १२ मा पिसीआर परीक्षणको लागि स्वाब संकलन गरेको छ । सामुदाय स्तरमा फैलिएको कोरोना संक्रमणलाई नियन्त्रण गर्न सुरु गरिएको यो अभियान अन्तर्गत वडा नं. ८ मा पहिलो र वडा नं. २ मा दोस्रो चरणको  कार्यक्रम गरिएको थियो ।

राजविराज नगरपालिका वडा नं.१२ को वडा कार्यालयको सहयोगमा शनिबार सञ्चालन गरिएको उक्त स्वाब संकलन कार्यक्रम स्वास्थ्य चौकीमा दिउँसो ४ बजेबाट सुरु भएको थियो । एक घरबाट कम्तिमा एक जनाको परिक्षण गर्ने उद्देश्य राखेर संचालित कार्यक्रममा जम्मा ८७ नमुना स्वाब संकलन गरिएको  कार्यक्रम संयोजक शिव शाहले बताए ।                                 

कार्यक्रममा स्वाब संकलन गराउन आएका स्थानियहरुले समाजिक दूरी कायम गरी मास्क जस्ता सुरक्षात्मक उपायहरू अपनाएका थिए । कार्यक्रममा उपस्थित संस्थाका सदस्यहरूले सुरक्षाका उपायहरु अपनाएको संस्थाका अध्यक्ष रवीन्द्र यादवले बताए ।

युवाहरु देशको वास्तविक शक्ति र अमूल्य पुँजी हो । यसमा लगानी लगाउँदा देशले कहिले पनि नोक्सानी खप्नु पर्दैन । यस्तो महामारीको बेला देशका सक्षम युवाहरु आआफ्नो ठाउँबाट आफू सुरक्षित भई समाज र देशका लागि केही गर्ने अठोटका साथ कार्यक्रम गरिएको संस्थाका कार्यकारी सदस्य नितेश दासले बताए । कोरोना महामारीले आक्रान्त भएको बेला सहयोद्धा परिवारले समुदायमा यसको संक्रमण फैलिन नदिन यो अभियानको थालनी गरेका हुन् ।                       

Facebook Comments

Related Posts

आज मधेस प्रदेशसभाको पहिलो अधिवेशन

आज मधेस प्रदेशसभाको पहिलो अधिवेशन

२७ भाद्र २०७७, शनिबार २३:४३
मधेश प्रदेशका सदस्यले लिए शपथ ग्रहण

मधेश प्रदेशका सदस्यले लिए शपथ ग्रहण

२७ भाद्र २०७७, शनिबार २३:४३

आज मधेस प्रदेशमा ज्येष्ठ सदस्यको शपथ ग्रहण

मधेस प्रदेशमा संसदीय दलको नेता चयन

हाम्रो दाबी मधेस प्रदेशमा स्वाभाविक : सिके राउत

मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीको दाबी

जनताको गुनासाको सम्बोधन गर्न सक्रियता सीके राउत

धनुषामा २४ लाख रुपैयाँसहित भारतीय पक्राउ

सिरहाको विभिन्न स्थानबाट १५ कठ्ठा जमिनमा लगाइएको गाँजा नष्ट

मधेस प्रदेशमा जसपाभन्दा जनमत लोकप्रिय कसको मत कति ?

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२७ भाद्र २०७७, शनिबार २३:४३
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२७ भाद्र २०७७, शनिबार २३:४३
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

२७ भाद्र २०७७, शनिबार २३:४३
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

२७ भाद्र २०७७, शनिबार २३:४३
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

२७ भाद्र २०७७, शनिबार २३:४३
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.