भदौ २८, सिन्धुपाल्चोक –
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-७ मा गएराती गएको पहिरोमा परी बेपत्ता भएकामध्ये तीन जनाको शव भेटिएको छ। अरु २८ जना बेपत्ता छन्।
राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नागपुजेकी ६२ वर्षीया भक्तिमाया श्रेष्ठ, भिरखर्ककी २३ वर्षिया जुनु विक र नेवार टोलकी ६० वर्षीया सर्किनी नेवारको शव भेटिएको छ।
पहिरोले दुई वटा बस्तीका घरहरु बगाएको बताईएको छ ।
Facebook Comments