भदौ ३०, काठमाडौ –
पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ४५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार ३७५ नमुना परीक्षण गरिएको छ । २४ घन्टामा १ हजार ६२ जना डिस्चार्ज र ११ जनाको ज्यान गएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
Facebook Comments