भदौ ३१ –
अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) बाट ज्यान गुमाउनेको संख्या २ लाख नाघेको छ । अमेरिकामा बुधवार बिहानसम्ममा २ लाख १९७ जनाले ज्यान गुमाएको वल्डोमिटर्सको तथ्यांकल्ले देखाएको छ ।पछिल्लो २४ घण्टामा मात्र १ हजार १९७ जनाको ज्यान गएको छ ।
यस्तै अमेरिकामा हालसम्म संक्रमितको संख्या ६७ लाख ८८ हजार १४७ पुगेको छ । पछिल्लो २४ घण्टामा ३६ हजार ४४७ जना संक्रमित थपिएका छन् ।
कोरोना संक्रमितमध्ये अमेरिकामा हालसम्म ४० लाख ६८ हजार ८६ जना निको भएका छन् भने हाल २५ लाख १९ हजार ८६४ जनाको सक्रिय संक्रमित रहेका छन् ।