असोज १, विराटनगर –
प्रदेश १ मा बिहिवार हालसम्मकै सर्वाधिक १७१ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा मात्र ९२ जना थपिएका छन्।
त्यस्तै , सुनसरीमा ६३, झापा ११, खोटाङ र धनकुटामा समान १ र प्रदेश १ बाहिरबाट ३ जनामा संक्रमण पुष्टि भएको हो। जसमा ५० महिला र १ सय २१ पुरुष रहेको मन्त्रालयले जनाएको छ । यससँगै प्रदेश १ मा हालसम्म ५ हजार २७१ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै बिहीबार प्रदेशबाट ४३ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार प्रदेशमा हालसम्म २ हजार २ सय ३९ जना संक्रमित डिस्चार्ज भएका छन्।