असोज २ –
जनकपुर जयनगर चल्ने दुईवटा रेल आज नेपाल आईपुग्दै छन् । धनुषाको कुर्थादेखी जयनगरसम्म चल्ने नेपालको आफ्नै रेल आज दिउँसो नेपाल आइपुग्ने भएको हो ।
कोरोना भाइरसका कारण सात महिनादेखि भारतको विहारस्थित हाजिपुरमा अड्किएको नेपाली बोङ्ग्रेज रेल शुक्रवार दिउँसो जनकपुर आइपुग्ने छ । नेपालले भारतको कोंकन रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाखमा दुईवटा रेल किनेको थियो ।
परिक्षणका लागि मात्र आएको रेल पुनः भारतनै फर्किनेछ ।रेलको परिक्षणका लागि चालक दलका चार सदस्यसहित २० जना भारतिय जनकपुर आइपुगेका छन्। उनिहरुमध्ये केही रेलसँगै फर्किनेछन भने केही बस्नेछन् । दँशैतिहार पछि मात्र रेल चल्ने बताईएको छ।