असोज ४, विराटनगर –
बिराटनगरमा रहेका वैश्य समुदायका सदस्यहरुले बिराटनगर-७ स्थित आमाको माया छात्रावास आश्रम तथा जनजाति कल्याण आश्रमलाई खाद्यान्न सामाग्रीहरु सहयोग गरेका छन् । नेपाल वैश्य युवा संघ मोरङको आह्वानमा वैश्य समुदायका सदस्यहरुले खाद्यान्न सामाग्री सहयोग गरेका हुन् ।
आइतबार दिउँसो आमाको माया छात्रावास तथा जनजाति कल्याण आश्रममा नै एक कार्यक्रम गरेर खाद्यान्न हस्तान्तरण गरिएको हो । नेपाल वैश्य युवा संघ मोरङ्ग तथा महिला शान्ति ,अनुसन्धान तथा बिकाश केन्द्र (वपरडेक)ले संकलन गरेको खाद्यान्न सामाग्री आमाको छात्रावासको संचालक मदन साहलाइ हस्तान्तरण गरिएको हो ।
सो आश्रमले मेचीदेखि महाकाली सम्मका विद्यार्थीहरुलाई अध्यन ,अध्यापन तथा पालनपोषण निशुल्क रूपमा गराउनुको साथै केहि विद्यार्थीहरुले सो आश्रम बाट डिग्री हासिल गरि रोजगारी समेत गरिरहेको आश्रमका संचालक मदन साहले बताए । पुर्ण रुपमा अनुशासनको पालना गरि अध्यन अध्यापन गराउदै आइरहेको समेत साहले बताए ।
सम्पुर्ण सामाग्री वैश्य समुदायको व्यक्तिहरुबाट संकलन गरिएको नेपाल वैश्य युवा संघ मोरङका अध्यक्ष गणेश शाहले बताए । सहयोग गर्ने व्यक्तिहरुमा सन्जुकुमारी साह, शिव नारायण गुप्ता , गणेश कुमार साह, सन्तोष साह, मनोजकुमार हलुवाइ, डाक्टर बालकृष्ण साह, डाक्टर शिवशंकर साह, सन्तोष साह, प्रेमनाथ गुप्ता,अमृतकुमार साह,पवनकुमार साह,सियाराम रौनियार ,पवन साह,रामकुमार चौधरी साह,प्रदीप कुमार दास,इन्दु राय,अशेश्वर साह,दिपेन्द्र स्वर्णकार,बिकास लालवानी लगायत थिए ।
२ बोरा चामल, १ बोरा दाल, आधा कार्टुन खाने तेल, ५ प्याकेट नुन, १ कार्टुन चाउचाउ, ५ किलो चिउरा चिउरा, १ बोरा आलू , १ झोला प्याज, १ बोरा भुजा, आधा कार्टुन फ्रुटी, ५ दर्जन विस्कुट, ५ प्याकेट होर्लीक्स, गुलकोज ५ डिवा , १ बोरा सोयाबिन, हरियो सब्जी , १ बोरा सर्फ तथा मरमसालाहरु लगायतका खाद्य सामग्री तथा १५० थान माक्स र केहि स्वास्थ्य सामाग्रीहरु आमाको माया छात्रावास तथा जनजाति कल्याण आश्रमका संचालक मदन साहलाई प्रदान गरिएको थियाे ।
बिश्व नै कोरोना महामारीसंग जुधिरहेको समयमा आश्रममा खानाको अभाब न होस् भन्ने उदेश्यले खाद्यान्न सम्रागी उपलब्ध गराएको नेपाल वैश्य युवा संघ माेरङ्गका अध्यक्ष गणेश कुमार साहले बताए ।