असोज ५ –
आइपिएल क्रिकेटमा आइतबार राति भएको खेलमा दिल्ली क्यापिटल्सले किंग्स ईलनभेन पञ्जाव विरुद्घ रोमाञ्चक जित दर्ता गरेको छ । दुवै टिमले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा समान १५७ रन जोडेपछि स्कोर बराबरी भएको थियो। त्यसपछि भएको सुपर ओभरमा दिल्लीले बाजी मार्यो ।
टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले खराब सुरुवात गरेपनि मार्कोस स्टोइनिसले उत्कृष्ट ब्याटिङ गरेपछि सम्मानजनक स्कोर बनाएको थियो । स्टोइनिसले ७ चौका र ३ छक्का प्रहार गर्दै २१ बलमा ५३ रनको योगदान गरेपछि दिल्लीले १५७ रन बनाएको थियो । त्यसअघि दिल्लीले चार ओभरमा ३ विकेट गुमाउदा १३ रन मात्र जोड्दा दबाबमा परेको थियो । दिल्लीका लागि कप्तान श्रेयस ऐयरले ३९ तथा रिशभ पन्तले ३१ रन जोडे ।
१५८ रनको लक्ष्य पछ्याएको पञ्जावले पनि ७ विकेटको क्षतिमा १५७ रन नै बनाएपछि खेल सुपरओभरमा गएको थियो । उसका लागि ओपनर मयंक अग्रवालले ८९ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन ।
जितका लागि पञ्जावलाई अन्तिम ओभरमा १३ रन चाहिएको थियो भने ४ विकेट बाँकी थियो। अन्तिम ओभरमा पञ्जाव लागि अग्रवाल र क्रिस जोर्डन ब्याटिङमा थिए । दिल्लीका स्टोइनिसले बलिङ गरेका थिए ।
जसमा पहिलो बलमा अग्रवालले छक्का हिर्काएका थिए । दोस्रो बलमा २ रन लिएपछि पञ्जावलाई जितका लागि चार बलमा पाँच रन चाहिएको थियो ।
तेस्रो बलमा अग्रवालले चौका हाने । जितका लागि एक रन चाहिएको अवस्थामा चौथो बलमा रन लिन सकेनन्। पाँचौ बलमा अग्रवाल आउट भए । अन्तिम बलमा क्रिस जोर्डन पनि आउट भउपछि खेल बराबरी भयो ।
त्यसपछि भएको सुपर ओभरमा दिल्लीका कागिसो रबाडाले बलिङ गर्दा पञ्जावका लोकेश राहुलले पहिलो बलमा २ रन लिए। दोस्रो बलमा राहुल आउट भए। तेस्रो बलमा पञ्जावका पूरनलाई रबाडाले बोल्ड गरे।
पञ्जावले २ रन बनाउदा दुई विकेट गुमाएपछि दिल्लीले ३ रनको लक्ष्य पायो। जसमा पञ्जावका मोहमद सामी बलिङमा आए। ब्याटिङमा दिल्लीका कप्तान श्रेयर इयर र रिशव पन्त थिए। पहिलो बलमा पन्तले रन लिएनन्। दोस्रो बल वाइड भयो भने तेस्रो बलमा दुई लिएपछि दिल्लीले खेल जित्यो।