असोज ६ – इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सोमबार राती भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले आफ्नो पहिलो खेलमा जित निकालेको छ । यूएईमा भएको खेलमा बैंगलोरले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गरेको हो ।
बैंगलोरले दिएको १६४ रनको लक्ष्य पछ्याएको हैदराबादले १९ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १ सय ५३ रन मात्र बनाउन सक्यो । हैदराबादका लागि जोनी बेयरस्टाले सर्बाधिक ६१ रन बनाए । उनले ६ चौका र २ छक्का हानेका थिए ।
त्यस्तै निष पाण्डेले ३४ रन र प्रियं गर्गले १२ रन बनाए । त्यस्तै बैंगलोरका लागि बलिङतर्फ युजवेन्द्र चहलले ३ विकेट, शिवम दुवे र नवदीप सैनीले २-२ विकेट र डेल स्टेनले एक विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय ६३ रन बनाएको थियो । जितसँगै बैंगलोरले २ अंक जोडेको छ । बैंगलोरका लागि ओपनर देबदत पडिकलले ४२ बलमा ५६ रन तथा एबिडिबिलियर्सले ३० बलमा ५१ रन बनाए । त्यस्तै आरन फिन्चले २७ रन तथा कप्तान बिराट कोहलीले १४ रन बनाएका थिए ।