असोज ६, काठमाडौ –
अनसनरत डा. गोविन्द केसीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ। मंगलबार दिउँसो नेपालगञ्जदेखि काठमाडौं ल्याइएको डा केसीलाई विमानस्थलबाटै प्रहरीले जवर्जस्ती राष्ट्रिय ट्रमा सेन्टर पुर्याएको थियो ।
सत्याग्राहीको इच्छा विपरित ट्रमा सेन्टर लगिएको भन्दै विराेध भएपछि उनलाई शिक्षण अस्पताल लगिएको हो। चिकित्सा शिक्षा सुधारका माग राख्दै भदौ २९ गतेदेखि डा. केसी जुम्लामा अनशन बसेका थिए।
Facebook Comments