असोज, ७ काठमाडौ –
पछिल्लो २४ घण्टामा देशभर १ हजार १७२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौं उपत्यकामा मात्रै ६३७ जना रहेका छन् ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या ६७ हजार ८४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार ८९३ जना निको भएका छन् भने निको हुनेको कुल संख्या ४९ हजार ९५४ पुगेको छ ।
यसैबीच कोरोनाबाट आज उपत्यकामा तीन जना सहित पछिल्लो २४ घण्टामा देशभर थप ७ जनाको मृत्यु भएको छ । ७ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ४३६ पुगेको छ ।
आज देशभर सक्रिय सक्रमितको संख्या १७ हजार ४१४ रहेको छ । जसमा बितेको २४ घण्टामा ९ हजार ४५९ जनाको पीसीआर भएको छ ।