असोज ८ –
इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गएराति भएको खेलमा मुम्बई इण्डियन्सले कोलकत्ता नाइट राइडर्सलाई ४९ रनले हराएको छ ।
मुम्बईले दिएको १ सय ९६ रनको लक्ष्य कोलकत्ताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४६ रनमात्र बनाएपछि मुम्बईले ४९ रनको सहज जित हात पार्यौ । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको साविक विजेता मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो ।
मुम्बईका लागि कप्तान रोहित शर्माले ८० रनको अर्धशतकीय इनिङ्स खेले । उनले ६४ बलमा ६ छक्का र ३ चौका प्रहार गरे । यस्तै सूर्यकुमार यादवले ४७ रन जोड्दा सौरभ तिवारीले २१ रन बनाए । हार्दिक पाण्डेयले १८ रन जोडे । कोलकत्ताका शिवम माभीले २ विकेट लिए । सुनिल नारिने र आन्द्रे रसेलले १र१ विकेट लिए । जितसँगै मुम्बईले २ खेलमा २ अंक जोडेको छ ।
शेख जायद स्टेडियममा भएको खेलमा कोलकत्ताका पाट कुमिन्सले सर्वाधिक ३३ रन जोडे । यस्तै कप्तान दिनेश कार्तिकले ३० तथा नितेश रानाले २४ रन बनाए । इयान मोर्गन १६ रनमा आउट हुँदा आन्द्रे रसेल ११ रनमा पेभेलियन फर्किए । मुम्बईका ट्रेन्ट बोल्ट, जेम्स प्याटीनसन, राहुल र जस्प्रित बुम्राहले २र२ विकेट लिए । किरोन पोलार्डले १ विकेट लिए ।
पहिलो खेलमा चेन्नेईसँग पराजित भएको मुम्बईले पहिलो जित दर्ता गर्दै २ अंक जोडेको छ । कोलकत्ता भने आफ्नो पहिलो खेलमै पराजित भएको हो ।