असोज ९, काठमाडौ –
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३१३ कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै मन्त्रालयका अनुसार गएको २४ घण्टामा १ हजार ४५५ जनाले कोरोना जितेका छन्। योसँगै नेपालमा कोरोना जित्नेको संख्या ५१ हजार ८६६ पुगेको छ। जुन जम्मा संक्रमितमध्ये ७३ दशमलव ४ प्रतिशत हो।
साथै नेपालमा पछिल्लो २४ घण्टामा ६ जनाको कोरोनाका कारण मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४५९. पुगेको मन्त्रालयले नियमित प्रेस ब्रीफिङमा जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २६२ जनाको पीसीआर परीक्षण गरिएको छ। योसँगै हालसम्म नेपालमा पीसीआर परीक्षणको संख्या ९ लाख ६८ हजार १८५ पुगेको छ।
यस्तै, अहिले देशभर १९ हजार २८९ सक्रिय संक्रमित रहेका छन् भने ८ हजार २३७ जना संस्थागत तथा १० हजार ५२ जना होम आइशोलेसनमा रहेका छन्।
क्वारेन्टाइनमा अहिले ६ हजार ४६२ जना रहेका छन्। २२७ जनाको आईसीयूमा उपचार भइराखेको छ भने ३९ जनालाई भेन्टिलेटरमा राखिएको छ।