असोज १०, काठमाडौ –
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले तत्कालका लागि विद्यालय नखोल्न आग्रह गरेका छन् । शिक्षा पत्रकार समाजले आज गरेको भर्चुअल छलफलमा बोल्दै मन्त्री पोखरले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाई प्रणालीलाई प्राथमिकता दिन आग्रह गरेका हुन्।
‘वैकल्पिक सिकाइको कार्यान्वयनमा सञ्चारमाध्यमको भूमिका’ विषयक भर्चुअल छलफलमा शिक्षालयमा संक्रमण देखिएमा त्यसलाई नियन्त्रण गर्न कठिन हुने भएकाले हाललाई सूचना, सञ्चार र प्रविधिको प्रयोगमा आधारित वैकल्पिक प्रणालीमा जोड दिन आग्रह गरेका हुन्।