असोज १०, काठमाडौ –
नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा १ हजार २०७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । १० हजार १९ नमूना परीक्षण गर्दा १ हजार २०७ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ ।
साथै २४ घण्टामा १ हजार १४७ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या ५३ हजार १३ जना पुगेका छन् । यो जम्मा संक्रमितको ७३ दशमलव ८ प्रतिशत हो ।
यस्तै गएको २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ रहेको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४६७ पुगेको छ ।