असोज ११, काठमाडौ –
आज आइतबार मध्याह्न १२ बजे मन्त्रीपरिषद बैठक बस्ने भएको हो । मन्त्रीपरिषद बैठक नियमित नभएकोले शनिवार राती मात्र मन्त्रीहरुलाई बैठकबारे जानकारी दिईएको थियो ।
अकस्मात किन बैठक बोलाइएको भन्ने मन्त्रीहरुलाई समेत थाहा छैन् । सम्भवतः आजको बैठकले मन्त्रीहरु हेरफेर बारे छलफल गर्नेछ ।
गत आइतबार पेरिसडाँडामा बसेको नेकपा सचिवालय बैठकले मन्त्रीपरिषद पुनर्गठन गर्ने निर्णय गरेको थियो । जसमा तीन विकल्प अघि सारिएको थियो । पहिलो मन्त्री भएका सबैलाई बिदाई गर्ने, दोश्रो दुई वर्ष पूरा गरेकालाई बिदाई गर्ने र तेस्रो कार्यसम्पादनका आधारमा मन्त्रीहरु हेरफेर गर्नुपर्ने विकल्प अघि सारिएको थियो । जसमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिस्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले कार्यसम्पादनको विकल्प अघि सारेका थिए ।