असोज ११ –
इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाईट राइडर्सले पहिलो जित दर्ता गरेको छ । गएराती अबुधाबीमा भएको खेलमा कोलकाताले सनराईजर्स हैदराबादलाई ७ विकेटले पराजित गर्दै कोलकत्ताले पहिलो जित निकालेको हो ।
यसअघि कोलकाताले पहिलो खेलमा हार बेहोरेको थियो भने दुई खेल नै खेलेको हैदराबादको लगातार दोश्रो हार हो ।
१४३ रनको लक्ष्य पछ्याएको कोलकाताले १८ ओभर खेल्दै तीन विकेटको क्षतिसहित विजयी भएको हो ।
कोलकाताको जितमा ओपनर नितिस रानाले १३ बलमा २६ रनको पारी खेले । त्यस्तै, ६२ बलको सामना गरेका आपनर सुभम गिलले अविजित रहँदै ७० रन बनाए । त्यस्तै ओईन मोर्गनले पनि २९ बलमा ४२ रनको पारी खेल्दै कोलकातालाई जित दिलाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले भने पूरै २० ओभर खेल्दै चार विकेटको नोक्सानीमा १४२ रनमा भनाएको थियो । हैदराबादको तर्फबाट ३८ बलको सामना गर्दै तीन चौका र दुई छक्का प्रहार गरेका मनिष पाण्डेले सर्वाधिक ५१ रन बनाए ।