असोज १४ –
युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले पहिलो हार बेहोरेको छ भने सनराइजर्स हैदाराबादले पहिलो जित निकालेको छ । गएराती आबुधाबीमा भएको खेलमा सनराईजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गर्दै पहिलो २ अंक जोडेको हो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हैदाराबादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६२ रन बनाएको थियो । हैदाराबादका लागि ओपनर जोनि बेरिस्टोले अर्धसतकिय पारी खेले । बेरिस्टोले ५३ रन बनाउँंदा अर्का ओपनर कप्तान डेबिड वार्नरले ४५ रन तथा केन विलियम्सनले ४१ रन जोडे । दिल्लीका लागि अमित मिश्रा र कागिसो रबाडाले समान २/२ विकेट लिए ।
१६३ रनको लक्ष पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५७ रनमात्र बनाउन सक्यो । उसका लागि शिखर धवनले ३५, रिशभ पन्तले २८ तथा कप्तान शेयस ऐयरले १७ रन जोड्दा मार्कस स्टोइनिसले ११ रन बनाएपनी जितका लागि प्रयाप्त हुन सकेन । हैदराबादका लागि राशिद खानले ३ विकेट लिए । त्यस्तै भुवनेस्वर कुमारले २ तथा खलिल अहमेद र नरटाजनले १/१ विकेट लिए ।
जितपछी हैदाराबादले ३ खेलबाट पहिलो जित निकाल्दै तालिकाको छैटौं स्थानमा उक्लिएको छ भन्ने दिल्लीले पनि ३ खेलमा पहिलो हार बेहोर्दै तालिकाको दोश्रो स्थानमा झरेको छ ।