असोज १४, काठमाडौ –
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि अनशन बसेका प्रा.डा. गोविन्द केसिको अनशन १७ औँ दिन पुगेको छ । तर अनशनको १७ औँ दिन पुगिसक्दा पनि सरकारले भने चासो स्वास्थ क्षेत्रमा देखिएका विकृति सुधारको माग गर्दै लामो समयदेखि अनशनरत प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको छ । केसीको उपचारमा संलग्न डाक्टरहरुका अनुसार उनलाई छाती र मांसापेशी दुख्नेसँगै रिँगटा लाग्ने समस्याले धेरै कमजोर बनाएको छ । अनशनको समय लम्बिदै जाँदा केसीलाई बढी थकान महसुस भइरहेको छ । केसीको शरीरमा सोडियम, पोटासियम, म्याग्नेसिय, क्याल्सियम फस्फोरसको मात्रा कम हुँदा थप समस्या भइरहेको छ ।
मुटुको चालमा समेत समस्या आएको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् । उनको रगतमा सेता रक्तकोषको मात्रामासमेत कमी आएको छ ।
भदौ २९ गते जुम्लाबाट अनशन सुरु गरेका केसीलाई असोज ५ गते नेपालगञ्ज ल्याइएको थियो। नेपालगञ्जबाट हेलिकप्टरमा असोज ६ गते काठमाडौं ल्याइएपछि उनी अहिले त्रिवि शिक्षण अस्पतालमा अनशनरत छन्।
१९ औँ पटक अनशन बसेका केसिको जीवन रक्षाको माग गर्दै विभिन्न क्षेत्रका व्यक्तिहरुले आवाज उठाउँदै आएको भएपनी सरकारले भने खासै चासो गरेको देखिदैन । उनको स्वास्थ अवस्था जटिल हुँदै गएपनि सरकारी पक्षले अहिलेसम्म यसबारे कुनै चासो देखाएको छैन । केसीका मागको सम्बन्धमा उनका सहयोगीले सरकारलाई ज्ञापनपत्र बुझाएरै औपचारिक जानकारी गराएका छन्।
डा. केसी ६ बुँदे मागसहित भदौ २९ देखि सत्याग्रहमा छन् ।