असोज १५, झापा-
डीस होममा डिलर दाईको डिस्काउन्ट स्किम अन्तर्गत वार्षिक रिचार्ज गरि दुईजना ग्राहकले नगद एक लाखको पुरस्कार प्राप्त गरेका छन् । पुरस्कार प्राप्त गर्नेमा बुद्धशान्ती गाउपालिका वार्ड नम्बर ६, सन्तपुर टोल निवासी भुबदेब कार्की र भद्रपुर नगरपालिका वार्ड नम्बर ५, शिव मन्दिर टोल निवासी अमित अधिकारी रहेका छन् ।
बुद्धशान्ति -६, शान्तिनगर स्थित अरुण मोबाइल सेन्टर बाट डीस होमको वार्षिक रिचार्ज गरि स्किम अन्तर्गत भुबदेब कार्कीले उक्त नगद पुरस्कार प्राप्त गरेका हुन् । त्यस्तै, भद्रपुर-५, भद्रपुर बसपार्क स्थित मा तारा इलेक्ट्रोनिक बाट डीस होमको वार्षिक रिचार्ज गरि स्किम अन्तर्गत अमित अधिकारीले पनि उक्त नगद पुरस्कार प्राप्त गरेका हुन।
सो रकम एक कार्यक्रमका बिच एन्टेना ट्रेड टेक्नोलोजीका हेमन्त मणि निरौला र डीस होमका मेची इन्चार्ज प्रोज्वल अधिकारी लगायतको उपस्थितिमा हस्तान्तरण गरिएको छ।