असोज १६, काठमाडौ –
सत्तारुढ दल नेकपाले सचिवालय बैठक शनिबारका लागी बोलाएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच शुक्रबार बिहान भएको छलफलपछि सचिवालय बैठक शनिबार ४ बजे बोलाउने निर्णय भएको हो । सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजदूतलगायतका नियुक्तिबारे पार्टीमा सल्लाह नगरी निर्णय लिएको भन्दै नेकपा शीर्ष नेताहरूबीच फेरि विवाद सिर्जना हुने अवस्था आएको बेला सचिवालय बैठक बस्न लागेको हो ।