असोज १८, विराटनगर –
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विराटनगर महानगरपालिका वडा नम्बर ८ कमिटीको शनिबार सपथ ग्रहण सम्पन्न भएको छ । राम पोखरेलको अध्यक्षतामा रहेको ४५ सदस्यीय वडा कमिटीलाई नेकपा केन्द्रीय सदस्य तथा मोरङ सहइन्चार्ज महेश रेग्मीले सपथग्रहण गराएका थिए ।
सपथ ग्रहण कार्यक्रममा महानगर कमिटी अध्यक्ष सागर थापा, महानगर कमिटी कार्यालय सदस्य नमिता न्यौपाने लगायतको उपस्थिति रहेको थियो । सपथ ग्रहणपछि बसेको बडा कमिटीको पहिलो बैठकले ५ सदस्यीय कार्यालय र १५ सदस्यीय सचिवालय कमिटी चयन गरेको अध्यक्ष राम पोखरेलले जानकारी दिए ।
नेकपा विराटनगर ८ ले विभिन्न समयमा सामाजिक क्रियाकलाप गर्दै आएको छ । पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि संक्रमितको स्वास्थ्य अवस्था बुझ्ने, संक्रमितको घरमा निर्मलीकरण गर्ने, स्वास्थ्य सामाग्री, घरेलु औषधिहरु वितरण गर्ने काम वडा कमिटीले गर्दै आएको छ ।
यसैबीच महानगर भित्रका सबै वडामा शाखा कमिटि विस्तारको काम पनि अन्तिम चरणमा पुगेको छ । महानगर भित्रका १९ वडामध्ये १७ वडामा वडा कमिटी गठन भैसकेको छ । १० र १९ नम्बर वडामा भने बाँकी छ ।