असोज १९ –
इन्डियन प्रीमियर लिग (आइपिएल) अन्तर्गत आइतबार भएको खेलमा मुम्बई इन्डियन्स र चेन्नाई सुपर किङग्सले शानदार जित निकालेको छ ।
आइतबार दिउँसो युएई स्थित सारजाहा क्रीकेट स्टेडियममा भएको खेलमा मुम्बईले सनराइजर्स हैदराबादलाई ३४ रनले पराजित गर्यो भने आइतबार राती दुवैमा भएको खेलमा चेन्नाईले किङ्ग्स इलाभेन पञ्जापलाई १० विकेटले हरायो ।
मुम्बईले दिएको २०८ रनको लक्ष पछ्याउने क्रममा हौदराबाद निर्धारित २० ओभरमा १७४ रन मात्र बनाउन सकेपछि मुम्बाईले तेस्रो जित निकालेको हो । यस्तै पञ्जावले दिएको १७८ रनको लक्ष पछ्याउने क्रममा चेन्नाईले बिना विकेट १७ औँ ओभरमै लक्ष भेट्टाएपछि १० विकेटको शानदार जित निकालेको हो ।
५ खेलमा ३ जित निकालेको मुम्बाई तालिकाको पहिलो स्थानमा छ भने हैदराबाद ५ खेलबाट २ जित निकाल्दै ७ औँ नम्बरमा छ। यस्तै, ५ खेलबाट २ जित निकालेको चेन्नाई छैटौं नम्बरमा छ भने ५ खेलबाट मात्र १ जित निकालेको पञ्जाव तालिकाको पुछारमा छ।
आज दिल्ली क्यापिटल्स र रोयल चेलेन्जर्स बैङगोलर आमुनेसामुने हुँदैछन् ।