• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

नेकपाको सबैभन्दा पहिले एकता गरेको जनवर्गीय संगठन पिनमा समानान्तर कमिटी गठन

by पहिलो नेपाल
१९ आश्विन २०७७, सोमबार ०८:२८
नेकपाको सबैभन्दा पहिले एकता गरेको जनवर्गीय संगठन पिनमा समानान्तर कमिटी गठन
  • 17
    Shares

असोज १८ –
नेकपाका वर्गीय संगठनहरु एकतालाई अन्तिम टुङ्गो लगाउन आतुर भइरहेका बेला सबैभन्दा पहिले एकीकृत भएको पिन (प्रोग्रेसिभ इन्जिनियर्स एशोसिएसन अफ नेपाल) मा भने समानान्तर कमिटी गठन भएको छ । नेकपाभित्र अरु कुनै पनि जनवर्गीय संगठनहरुको एकता नहुँदै ०७५ साउन १२ गते पिन एकीकृत भएको थियो । रोचक के भने अरु जनवर्गीय संगठनमा भन्दा पहिलो समानान्तर कमिटी पनि पिनमै गठन भएको छ ।

हिजो असोज १७ गते पिनको बागमती र विश्वविद्यालयमा समानान्तर कमिटी गठन भएको हो । असन्तुष्टहरुले बागमती प्रदेशमा सुवोध सत्याल र विश्वविद्यालय प्रदेश कमिटीमा जनार्दन भट्टको संयोजकत्वमा १९–१९ सदस्यीय समानान्तर कमिटी गठन गरेका हुन् । यसअघि अध्यक्ष र महासचिवसहितले पदम ओलीको संयोजकत्वमा वागमती प्रदेश कमिटी र कल्याण पौडेलको संयोजकत्वमा विश्वविद्यालय प्रदेश कमिटी गठन गरेका थिए ।

पिनमा केन्द्रीय अध्यक्ष शम्भुबहादुर श्रेष्ठ र महासचिव हरि पराजुली छन् । श्रेष्ठ पूर्वएमाले र पराजुली पूर्वमाओवादी केन्द्रका हुन् । यसको इन्चार्ज मनोजजंग थापा र रामकुमारी झाक्री छन् । थापा पूर्वमाओवादी केन्द्र र झााक्री पूर्व एमालेबाट केन्द्रीय सदस्य समेत छन् । पिनको सचिवालय २१ सदस्यीय छ । जसमध्ये एक जना कर्मचारी बि. भट्टराईले राजीनामा दिएर अध्ययन बिदामा विदेश गएका छन् । यसर्थ यसबेला सचिवालय सदस्यहरु २० जना छन् ।

पिनमा सात वटा प्रदेश, विभागीय र विश्वविद्यालय गरी नौ वटा प्रदेश कमिटी छन् । जसमध्ये प्रदेश एक, दुई, गण्डकी, लुम्बिनी र विभागिय प्रदेश कमिटीमा कुनै विवाद छैन । बाग्मती, कर्णाली, सुदूरपश्चिम र विश्वविद्यालय कमिटीमा सामान्य विवाद थियो । विवादलाई कसरी मिलाउने भनेर आशिष घिमिरे, रामेश्वर लामिछाने, बिरोध रिजाल र कृष्ण सापकोटाको चार सदस्यीय कार्यदल बनाइएको थियो । यसले प्रतिवेदन पनि दियो ।

तर, अध्यक्ष, महासचिवले बहुमत सचिवालय सदस्यहरुको आग्रहलाई सुनेको नसुन्यै गर्ने, घिमिरे कार्यदलले दिएको प्रतिवेदनको वास्तै नगरी विवादित बागमती प्रदेश कमिटीलाई सपथ खुवाउने र सबै जिल्ला कमिटी गठन गर्न परिपत्र गरेकाले समानान्तर कमिटी गठन गर्नु परेका असन्तुष्ट पक्षको भनाइ छ । पिन भित्रको विवाद नमिल्दै एवम् सचिवालयको बैठक नै नराखी अध्यक्ष, महासचिवले जिल्ला कमिटी गठन गर्न सर्कुलर पठाएको भन्दै २० जना सचिवालय सदस्यमध्ये बहुमत ११ जनाले विज्ञप्ती प्रकाशित गरी विरोध जनाएका थिए । त्यसको अघिल्लो दिन असोज १० गते अध्यक्ष र महासचिवले जिल्ला कमिटी गठन गर्न परिपत्र गरेका थिए ।

पिनका अध्यक्ष शम्भुबहादुर श्रेष्ठ समानान्तर गठन हुनुलाई दु:खद् मान्छन् । श्रेष्ठका अनुसार सचिवालयमा समुहभित्र पनि समुह भैदिए । इन्जिनियर तहका व्यक्तिहरु भएपनि सचिवालय बैठक राख्दा चर्काचर्की गर्छन् । झगडै पर्ला जस्तो हुन्छ । सुन्नै नसक्ने शब्द प्रयोग गर्छन । त्यसैले सचिवालय बैठक राख्नै कठिन भयो । ‘हामीले एकता भनिरहेका छौा । तर, सबैले आफ्नो पुरानो पृष्ठभूमी छाड्न सकेको देखिएन । गुटको वर्चश्व कायम गर्न मात्र सबै लागि परेको देखियो । अध्यक्ष, महासचिवको पनि आ–आफ्नो कमजोरी छैन भन्न सकिन्न,’ अध्यक्ष श्रेष्ठ भन्छन्, ‘एकतालाई कसरी मजवुत बनाएर लैजाने भन्ने समस्या सबैमा देखियो । अध्यक्ष भएको नाताले गुटहरुलाई कसरी माथि उठाएर लैजाने भन्ने कार्यकौशलता मैले पनि देखाउन सकिन होला । जे होस्, समानान्तर कमिटी गठन भएको घटनाबाट म दु:खी छु ।’                                                 

असन्तुष्ट पक्षका भनाइमा अध्यक्ष, महासचिवले सात महिनासम्म सचिवालयको एउटा बैठक नराखेपछि बहुमत सचिवालय सदस्यले संगठन विभाग प्रमुख माधव कोइरालालाई बैठक राख्न आग्रह गरेका थिए । त्यही आग्रह अनुसार कोइरालाले बैठक पनि बोलाएका थिए । पिन इन्चार्ज थापा र सह इन्चार्ज झााक्रीको आग्रहमा बैठक स्थगित गरियो । बैठक स्थगित भएपछि अध्यक्ष र महासचिवले विवादित प्रदेश कमिटीको सपथ खुवाउने र जिल्ला कमिटी गठन गर्न परिपत्र गरे ।

असन्तुष्ट समुहका अनुसार फरक–फरक संगठनबाट एकता भएपनि अहिले अध्यक्ष र महासचिव यति मिलेका छन् कि उनीहरुले सचिवालयका बहुमत सदस्य र केन्द्रीय सदस्यहरुको आवाज नै सुन्दैनन् । पिनका सचिवालय सदस्य तथा नेपाल इन्जिनियर्स एशोसिएसन बागमती प्रदेश कमिटीका सभापति नन्द बन्जाडे भन्छन्, ‘अध्यक्ष र महासचिवले हाम्रा आवाज नै नसुनिदिएपछि बागमती र विश्वविद्यालय प्रदेश कमिटीमा समानान्तर संगठन गठन गर्ने दु:खद् निर्णय लिन हामी बाध्य भयौा।’

समानान्तर कमिटी गठन भएपनि त्यसलाई आफुले मान्यता नदिने अध्यक्ष श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘समानान्तर कमिटी गठन गर्दैमा त्यसलाई कसले मान्यता दिन्छ र ? पार्टीले हामी अध्यक्ष र महासचिवलाई सबै जिम्मेवारी दिएको छ,’ श्रेष्ठ भन्छन्, ‘असन्तुष्टहरु मिल्नु हुन्छ भन्ने विश्वास मलाई अहिले पनि छ ।’ पिनका महासचिव हरीराम पराजुलीले भने समानान्तर कमिटी गठन भएको जानकारी आफुलाई नभएको बताए । रातोपाटिबाट

Facebook Comments

  • 17
    Shares

Related Posts

अनेरास्ववियूद्वारा विराटनगरमा बयलगाडा प्रदर्शन

अनेरास्ववियूद्वारा विराटनगरमा बयलगाडा प्रदर्शन

१९ आश्विन २०७७, सोमबार ०८:२८
कोरोना उपचारमा पोषणविदलाई समावेश गराउन अनेरास्ववियू केन्द्रिय प्रविधि क्याम्पसको माग

अनेरास्ववियू मोरङले पुर्णता पायो

१९ आश्विन २०७७, सोमबार ०८:२८

केपी ओलि मुर्दावाद भन्दै धनकुटामा अनेरास्ववियूले निकाल्यो मसाल जुलुस

नेकपाले आज संसद विघटनको विरोधमा देशभर प्रदर्शन गर्दै, काठमाण्डौमा मात्रै ५० हजार मान्छे उतारीने

चिनियाँ उपमन्त्रीको टोलि र अध्यक्ष प्रचण्डबीच शिष्टाचार भेटवार्ता

चिनिया उपमन्त्रिको टोलि र प्रधानमन्त्रि बीच मध्यरातमा २ घन्टा छलफल

प्रदेश १ मा पनि मुख्यमन्त्री राईविरुद्द अविश्वासको प्रस्ताव दर्ता

केपि चोर देश छोड भन्दै विराटनगरमा जसपाले निकाल्यो मसाल जुलुस

ओलिलाई कारबाही गर्ने पत्र निर्वाचन आयोगमा पुग्यो

प्रधानमन्त्री ओलिको कदम विरुद्ध नेकपाकै कार्यकर्ताले गरे विराटनगरमा विरोध प्रदर्शन

सोसियल मिडिया

भर्करै

रियल सोसिडाडलाई हराउँदै बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा

रियल सोसिडाडलाई हराउँदै बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा

१९ आश्विन २०७७, सोमबार ०८:२८
लाइसेन्सका लागि ट्रायल सेन्टर निजि क्षेत्रलाई दिने प्रदेश सरकारको निर्णय बिरुद्ध आलमको उजुरी

लाइसेन्सका लागि ट्रायल सेन्टर निजि क्षेत्रलाई दिने प्रदेश सरकारको निर्णय बिरुद्ध आलमको उजुरी

१९ आश्विन २०७७, सोमबार ०८:२८
अनेरास्ववियूद्वारा विराटनगरमा बयलगाडा प्रदर्शन

अनेरास्ववियूद्वारा विराटनगरमा बयलगाडा प्रदर्शन

१९ आश्विन २०७७, सोमबार ०८:२८
कोरोना उपचारमा पोषणविदलाई समावेश गराउन अनेरास्ववियू केन्द्रिय प्रविधि क्याम्पसको माग

अनेरास्ववियू मोरङले पुर्णता पायो

१९ आश्विन २०७७, सोमबार ०८:२८
हालसम्म २३ हजार ९ सय १४ जनाको पिसिआर परिक्षण

विश्वभर कोरोना बाट एकैदिन १३ हजार बढिको ज्यान गयो

१९ आश्विन २०७७, सोमबार ०८:२८
Facebook Twitter Youtube
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.