असोज १९, काठमाडौ –
पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ४ सय ४० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ८९ हजार २६३ रहेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र १५ सय ३१ कोरोना संक्रमित थपिएका छन्। काठमाडौं ११७८, भक्तपुरमा १०३ र ललितपुरमा २५० संक्रमित थपिएका हुन्।
यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १९ जनाको मृत्यु भएको छ। जसमध्ये काठमाडौमा मात्र १२ जनाको मृत्युु भएको हो ।
पछिल्लो २४ घण्टामा नेपालमा १३ हजार ७८१ जनाको पिसिआर टेस्ट गरिएको छ ।