असोज २१ –
युएईमा जारी आईपिएलमा गएराती भएको खेलमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई हराएको छ । आबुधाबीमा भएको खेलमा मुम्बाईले राजस्थानलाई ५७ रनले हराएको हो ।
टस जिति पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९३ रन बनाएको थियो । १९३ रनको लक्ष पछ्याएको राजस्थानले १८.१ ओभरमा अलआउट १३७ रन मात्र बनाउन सकेपछि मुम्बई ५७ रनले बिजयी भएको हो । राजस्थानका लागि जस बट्लरले सर्वाधिक ७० रन बनाएपनी अरुले रन बनाउन सकेनन्। मुम्बाईका लागि जस्मित भुम्राहले ४ विकेट लिए । त्यस्तै ट्रेन्ट बोल्ड र जेम्स पटिन्सनले २/२ विकेट हात पार्दा राहुल चहर र किरन पोलार्डले १/१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको मुम्बाईका लागि भने सुर्यकुमार यादवले ७९ रन बनाए । त्यस्तै कप्तान रोहित शर्माले ३५ रन तथा हार्दिक पान्ड्याले ३० र क्विन्टक डिकोकले २३ रन जोडे । राजस्थानका लागि भने शेयस गोपालले २ तथा कार्तिक त्यागी र जोफ्रा आर्चरले १/१ विकेट लिए ।
जितपछी मुम्बाई ६ खेलबाट ४ जित निकाल्दै तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । राजस्थानमा भने ५ खेलबाट २ जित निकाल्दै सातौं स्थानमा छ ।
आइपिएलमा आज कोलकाता र चेन्नाई आमुनेसामुने हुँदैछन् ।