असोज २१, काठमाडौ –
पशुपति क्षेत्र विकास कोषले प्रस्ताव गरेको गुरुयोजनाको विरोधमामा पशुपति क्षेत्र संयुक्त संघर्ष समितिले बुधबार कोषको कार्यालयमा घेराउ गरेको छ ।
पशुपति क्षेत्र विकास कोषले प्रस्ताव गरेको गुरुयोजनाको स्थानीय बासिन्दासहित संस्कृति तथा सम्पदाविदले गएको साउनमा चर्को विरोध गरेपछि सरकारले तत्कालका लागि गुरुयोजना स्थगन गरि अध्ययन कार्यदल बनाएको थियो । सो कार्यदललाई तोकिएको समयमा अध्ययन पूरा गर्न सकेन ।
गहन अध्ययनका लागि थप समय माग गरेपछि अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको सो कार्यदलले अध्ययन भइरहेको बताएको छ । तर स्थानीय बासिन्दा भने सम्पदा, संस्कृति मास्ने गरी ल्याइएको गुरुयोजना लागु गर्ने चलखेल भएको भन्दै पुनः विरोधमा उत्रिएका हुन् ।
र्यालीसहित घेराउमा पुगेका स्थानीय बासिन्दाहरुले ‘ठेकेदारी प्रथा बन्द गर, धर्मको नाममा व्यापारीकरण बन्द गर, धर्मशाला बेच्न पाइँदैनः भ्रष्ट पदाधिकारी चाहिँदैन’ सहितका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।