असोज २२, काठमाडौ –
नेपालमा कोरोना संक्रमितको संख्या दिनहुँ भारी संख्यामा बढ्न थालेको छ । बुधवार ३४ सय भन्दा बढी संक्रमित थपिएकोमा बिहिवार हालसम्मकै उच्च ४ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण देखिएको छ ।
योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नजिक पुगेको छ हालसम्म संक्रमित हुनेहरुको संख्या ९८ हजार ६ सय १७ जना पुगेको छ ।
यस्तै, आजै २ हजार ६ सय ७५ जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म निको हुने संक्रमितहरुको संख्या ७१ हजार ३ सय ४३ पुगेको छ ।
देशभर आज २६ हजार ६ सय ८४ सक्रिय केशहरु छन् ।