असोज २२, काठमाडौ –
लकडाउनका बेला विराटनगरका विभिन्न सडक पेटिमा बस्नेहरुलाई निशुल्क खाना खुवाएको युवाहरुको समुहलाई एक साउथ अफ्रिकी संस्थाले सम्मान गरेको छ ।
लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने मजदुर , मागेर खाने तथा विपन्न वर्गलाई १०० दिनभन्दा बढी बिहान बेलुकै खाना खुवाएको युवाहरु ‘निशुल्क खाना खुवाउने अभियान’ लाई साउथ अफ्रिकी संस्था ग्लोबल युथ लिडर्स नेटवर्कले सम्मान गरेको हो। संस्थाले कोरोना भाइरसको महामारीको कारण समस्यामा परेका व्यक्तिहरुलाई भोकै बस्न नदिएको भन्दै युवाहरुको अभियानको उच्च प्रसंसा गर्दै सम्मान गरेको हो ।
बिहिवार संस्थाका कन्ट्री एम्बासेडर रचुमनी लुइँटेलले अभियानको नेतृत्व गरेका अभियन्ता ओसिम आलमलाई सम्मानपत्र हस्तान्तरण गरेक हुन् । अभियानलाई सम्मान गरेकोमा संस्थालाई धन्यवाद दिँदै अभियन्ता आलमले यो सम्मानको हकदार सम्पुर्ण सदस्यहरु रहेको बताएका छन् । उनले सम्पुर्ण सदस्यहरुले दिनरात नभनी गरेको मिहेनत र लगावले हाम्रो अभियान सम्मानको हकदार भएको बताए ।
ग्लोबल युथ लिडर नेटवर्क ३८ वटा देशमा रहेको छ । यस संस्थाको केन्द्रिय कार्यलय भने साउथ अफ्रीकाको जोहान्सबर्गमा रहेको छ ।