असोज २३, विराटनगर –
आज साताको कारोबारको अन्तिम दिन सुनको भाउ तोलामा ९०० रूपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य ९४ हजार ८०० रूपैयाँ तोकेको छ।हिजो छापावाल सुनको भाउ प्रतितोला २०० ले घटेर ९३ हजार ९०० रूपैयाँ तोकिएको थियो।
यस्तै, आज तेजाबी सुनको मूल्य ९४ हजार ३०० रूपैयाँ तोकिएको छ भने चाँदी एक हजार १९५ रूपैयाँ छ। हिजो चाँदी प्रतितोला एक हजार १८० रूपैयाँ थियो।
Facebook Comments