असोज २३, काठमाडौ –
काठमाण्डौ विश्व विद्यलयले समयमै शुल्क बुझाउनेलाई छुट दिने भएको छ । विश्वविद्यालयले कार्तिक ३० सम्म शुल्क बुझाए १० प्रतिशत छुट र मंसिर १५ सम्म बुझाए ७ प्रतिशत छुट दिने निर्णय गरेको छ । तर विश्वविद्यालयको यो निर्णयप्रति अनेरास्ववियू सम्बद्ध विद्यार्थीहरुले भने असन्तुष्टि देखाएका छन् ।
विश्वविद्यालयले महामारीको विकराल अवस्थामा पहिले पनि शुल्क बुझाउन ताकेता गरेको सुचना बारे पटक पटक समस्या देखिदै आएको अवस्थामा अहिले पनि त्यस्तै किसिमको सुचना प्रकाशन गरेको छ । प्रयोगशाला, क्याम्पस संरचना, विजुली, लाइब्रेरी, खेल मैदान लगायत कुनै पनी कुराकाे प्रयाेग नभएकाे अवस्थामा पनि विश्वविद्यालयले विद्यार्थीहरु बाट फी बाहेक अरु शुल्क उठाउन खोज्नु वैज्ञानिक नभएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन्।
अनेरास्वबिुको नेतृत्वमा संयुत्त विद्यार्थी संगठनहरूले उठाएकाे आवाज लाई बेवास्ता गर्दै बिना छलफल, बिना वार्ता, काठमाडाैँ विश्वविद्यालयकाे दुई स्कुलहरूलाई मात्र छुट भनेर प्रकाशित गरेको सुचनाले गलत प्रवृत्तीलाइ बडवा दिइरहेकाे प्रष्ट देखिन्छ । उत्त सुचनालाई तुरून्त सच्याएर छलफल र वार्ताका माध्यमबाट, समायनुकुल, वैज्ञानिक र प्रवधि मैत्री हिसावले का.वि.वि का सबै स्कुलहरूलाई लागु हुने गरी शुल्क निर्धारण गर्न विश्वविद्यालय प्रशासन लाई अनेरास्ववियू काठमाण्डौ विश्वविद्यालय क्याम्पस कमिटिले ध्यनाकर्षण गराएको छ। विध्यार्थीहरूले शुल्क नतिर्ने भनेका छैनन् मात्र वैज्ञानिक र तथ्यका आधारमा तिर्ने भन्ने बटमलाइन अनेरास्ववियूको रहेको छ।
केयुले प्रकाशन गरेको सूचनाको बारेमा बोल्दै काठमाण्डौ विश्वविद्यालय अनेरास्ववियूका नेता सुमन राज पौडेलले कोरोना भाइरसको महामारीको समयमा सिक्ने र सिकाउने विषयलाई प्रथामिकता दिने भन्दा पनि शुल्क भुक्तानीलाई मुख्य प्राथमिकता दिएको प्रति आपति जनाएका छन्। उनले भने, ‘विश्वविद्यालय व्यापारिक केन्द्र बनेको छ। छुटको अफर दिएर विश्वविद्यालयले विद्यार्थीहरुलाई मानसिक दबाब दिन खोजेको र यो सूचना रत्नपार्कको जूता पसलमा प्रयोग गरिने विज्ञापन भन्दा कम छैन। काठमाडौं विश्वविद्यालयका कुनै पनि विद्यार्थीले विश्वविद्यालयको भौतिक सम्पत्ति, प्रयाेगशाला, लाइब्रेरी, खेल मैदान, बिजुली, इन्टरनेट, शैक्षिक भ्रमण लगायत कुनै पनी कुराकाे प्रयाेग नगरेको अवस्थामा हामीहरू ट्युसन फी बाहेक अरु फी नदिने अडानमा रहेका छौ ।’
साथै उनले अनेरास्ववियू विद्यार्थीहरूको हकहितका निम्ति सधै अग्रमोर्चामा रहेर लडिरहेको बताउँदै विद्यार्थीका साझा समस्याको समाधानका निम्ति अन्य विद्यार्थी संगठनसंगको सहकार्यमा पनि बिशेष ध्यान पुर्याउदै अघि बढ्ने उनले प्रष्ट पारे ।