असोज २४ –
युएईमा जारी आइपिएलमा सन्दीप सम्मीलित टोलि दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई हराएको छ । शुक्रवार राती सारजाहमा भएको खेलमा दिल्लीले राजस्थानलाई ४६ रनलाई हराउँदै तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।
टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको राजस्थानले १८५ रनको लक्ष पाएको थियो । लक्ष पछ्याउने क्रममा राहुल टेवाटियाले ३८ रन बनाएभने यसस्पी जेसवालले ३४, स्टिभ स्मिथले २४ तथा जोस बट्लरले १३ रन बनाएपनी अन्य खेलाडीले रन बनाउन सकेनन्। अन्ततः १९.४ ओभरमा राजस्थान अलआउट हुँदै १३८ रनमा समेटिएपछी आफ्नो चौथो हार बेहोरेको हो । दिल्लीका लागि कागिसो रबाडाले ३ तथा मार्कस स्टोइनिस र रबिचन्द अश्विनले २/२ विकेट लिए । यस्तै, एनरिच नोर्ट्जे, हर्शल पटेल र अक्षर पटेलले १/१ विकेट हात पारे ।
यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा १८४ रन बनाएको थियो । उसका लागि सिमरन हेटमायरले ४५, मार्कस स्टोइनिसले ३९, शेयस एयर २२ तथा पृथ्वी शाले १९ रन बनाए भने अक्षर पटेलले १७ रन बनाए । राजस्थानका लागि जोफ्रा आर्चरले ३ विकेट लिए भने एन्ड्र टाइ, राहुल टेवाटिया र कार्तिक त्यागीले १/१ विकेट लिए ।
६ खेलमा ५ जित सहित दिल्ली तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । यस्तै राजस्थान भने ६ खेलमा २ जित निकाल्दै तालिकाको सातौं स्थानमा छ ।