असोज २४, विराटनगर –
विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ करोड ६८ लाख नाघेको छ। शनिबार बिहानसम्म विश्वभर ३ करोड ६८ लाख २ हजार ७०८ जना संक्रमित भएको तथ्यांक रहेको छ।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ७६ लाख ६२ हजार ७ सय ९८ पुगेको छ। त्यस्तै भारतमा ६९ लाख ६ हजार १ सय ५१, ब्राजिलमा ५० लाख ५५ हजार ८ सय ८८ र रुसमा १२ लाख ६५ हजार ५ सय ७२ जनामा संक्रमण पुष्टि भएको तथ्यांक छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या १० लाख ६७ हजार नाघेको छ । पछिल्लो तथ्यांक अनुसार १० लाख ६७ हजार ६० जनाको मृत्यु भएको छ।
अमेरिकामा २ लाख १३ हजार ७ सय ३९, ब्राजिलमा १ लाख ४९ हजार ६ सय ३९,भारतमा एक लाख ६ हजार ४ सय ९०, मेक्सीकोमा ८३ हजार ४ सय ९७, बेलायतमा ४२ हजार ७ सय ६९, इटालीमा ३६ हजार १ सय ११ जनाको मृत्यु भएको छ।
विश्वभर दुई करोड ५५ लाख ७७ हजार ७ सय ३ जना संक्रमणमुक्त भएका छन्।
शनिबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ४५ लाख २ हजार ८ सय ५४, अमेरिकामा ३० लाख ३९ हजार ८९, रुसमा १० लाख ५ हजार १ सय ९९ जना संक्रमणमुक्त भएका छन्। त्यस्तै, भारतमा हालसम्म ५९ लाख ६ हजार ६९जना संक्रमित संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि एक लाख ६ सय ७६जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ७३ हजार २३ जना संक्रमणमुक्त भएका छन् भने ६ सय जनाको मृत्यु भएको छ।